बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत अन्तरमावि लोक दोहोरी गीत प्रतियोगिताको उपाधी बुटवलको कालिका मानवज्ञान माविले प्राप्त गरेको छ । यसैगरी जगननाथ मावि भुमही नवलपरासी दोस्रो, न्यू होराइजन मावि बुटवल तृतीय तथा एपेक्स ईङ्गलिस बोर्डिङ स्कुल तिलोत्तमाले सान्त्वना स्थान हासिल गरेको साँस्कृतिक उप-समितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिए ।
प्रतियोगितामा विजेताले १५ हजार नगद राशी, पविजेताले १२ हजार, तृतीय हुने विद्यालयले ५ हजार तथा सान्त्वना हुने विद्यालयले ३ हजार नगद राशी प्राप्त गरेको कार्कीले जानकारी दिए ।



















