नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखा बुटवलको १९ औ वार्षिक साधारण सभा सरस्वती आधारभूत विद्यालय बुटवल 1 मा उपशाखाका सभापति सुहा बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत गर्नुभएको थियो। साथै विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही को निवर्तमान सभापति श्री प्रेम लाल उदास, कार्यसमिति, सल्लाहकारहरु,आजीवन सदस्यहरू, उपसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सचिव विजय रत्न शाक्य ले उपशाखा को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, भने सह कोषाध्यक्ष रेशम खनालले कोषाध्यक्ष को प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आतिथ्य गर्ने सर्कलहरू लाई प्रसंशा प्रत्रले धन्यवाद ज्ञापन गरिएको थियो । उपशाखा लाई सहयोग गर्ने र सौजन्य गर्ने दाता हरुलाई समेत प्रसंशा पत्रले सम्मान गरियो। कार्यक्रम सचिव विजय रत्न शाक्य ले संचालन गर्नुभएको थियो।


















