• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

यो वर्ष कतिले बढ्यो करको दायरा ?

जीवन्त न्यूज by जीवन्त न्यूज
1 year ago
in फिचर, विजनेस
0
यो वर्ष कतिले बढ्यो करको दायरा ?
176
SHARES
800
VIEWS
ShareShareShare

काठमाडौँ । यो वर्ष सरकारले करको दायरा उल्लेखनीय रूपमा बढाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । यो सङ्ख्या देशको कुल जनसंख्याको करिब २३ प्रतिशत हो । जसले आर्थिक गतिविधि क्रमशः औपचारिक प्रणालीमा आबद्ध हुँदै गएको सङ्केत गरेको छ  ।

मन्त्रालयको तथ्याङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यसवर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएका छन् ।

व्यक्तिगत प्यान लिनेको बर्चस्व 

चालु आर्थिक वर्षको चैतसम्म थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । यो थपिएको कुल सङ्ख्याको करिब ८४ प्रतिशत हो ।

रोजगारीमा रहेका व्यक्तिहरू, परामर्शदाता र व्यक्तिगत आय भएका नागरिकहरूले व्यक्तिगत प्यान लिने गर्छन् । यसले रोजगारीकाे क्षेत्र र व्यक्तिगत आयमा औपचारिक रुपमा महत्त्वपूर्ण योगदान पुगेको देखाउँछ ।

त्यसैगरी व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या पनि उत्साहजनक रुपमा बढेकाे छ । याे अवधिमा ९१ हजार ७७३ नयाँ व्यावसायिक प्रतिष्ठान करको दायरामा आएका छन् । यसले नयाँ व्यवसाय दर्ता र उद्यमशीलतामा भइरहेको वृद्धिलाई सङ्केत गर्दछ ।

कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर भने १ हजार ८३९ थपिएकाे छ । हालसम्म कुल करदाता सङ्ख्या ६७ लाख ९९ हजार ८९५ मध्ये व्यक्तिगत प्यानको हिस्सा पनि ठुलो देखिएको छ । कुल ४७ लाख २७ हजार ७५४ जनाले व्यक्तिगत प्यान लिएका छन् । जुन कुल सङ्ख्याको ६९.५ प्रतिशत हो ।

त्यसैगरी, व्यावसायिक प्यान लिनेको सङ्ख्या २० लाख ३५ हजार ८७४ (२९.९ प्रतिशत) पुगेको छ । कर कट्टी गर्ने निकायको सङ्ख्या भने ३५ हजार ९६७ (०.५ प्रतिशत) रहेको छ ।

स्थायी लेखा नम्बरका अतिरिक्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्यामा पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा १८ हजार ५६१ नयाँ करदाता भ्याटमा दर्ता भएका छन् । योसँगै भ्याटमा दर्ता हुने कुल करदाताको सङ्ख्या ३ लाख ४५ हजार १७८ पुगेको छ ।

त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ६ हजार ८९६ नयाँ करदाता थपिँदा अन्तःशुल्कमा दर्ता हुनेको कुल सङ्ख्या १ लाख २४ हजार २६४ पुगेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाउँछ ।

करको दायरामा भएको यो विस्तारले सरकारको राजस्व सङ्कलनलाई दिगो बनाउन र अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

Share70Tweet44Send
Previous Post

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट खारेज

Next Post

स्वास्थ्य बीमाः अब देशको जुनसुकै स्थान बाट

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
कर्णाली

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

Next Post
स्वास्थ्य बीमाः अब देशको जुनसुकै स्थान बाट

स्वास्थ्य बीमाः अब देशको जुनसुकै स्थान बाट

पोखरामा अत्याधुनिक हवाई इन्धन भण्डारणगृह निर्माण

पोखरामा अत्याधुनिक हवाई इन्धन भण्डारणगृह निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In