• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीको सक्रियता

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in राजनीति, समाज, हेडलाईन
0
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीको सक्रियता
176
SHARES
800
VIEWS
ShareShareShare

माघ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिनुभएको हो।

नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तत्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले उद्योग पुनः सञ्चालनको विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात् नेपाली सेनाले सोको सम्भावना अध्ययन गरेको थियो।

सो प्रतिवेदनको सारसंक्षेप नेपाली सेनाले बुधबार प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको हो। अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमी हुनु आदि कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।

अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको उल्लेख छ ।

उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेनालगायत सरकारी कर्मचारीका लागि लत्ता कपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ।

प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्योल गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक साख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयात प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ।

अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ। तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०।०८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ।

त्यसैगरी आर्थिक वर्ष २०८१।०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरु गर्ने प्रस्तावित मोडालिटीमा उल्लेख छ। त्यस्तै, आ.व. २०८२।०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरु गर्ने प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रु. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च रु. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ। कार्यदलले उद्योग पुनः सञ्चालनका निम्ति नेपाल सरकारको नीतिगत र कानुनी सहयोगको समेत प्रस्ताव गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरक-फरक गरी उद्योगको स्वामित्व नेपाली सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरी नीतिगत व्यवस्था हुनुपर्ने लगायतका विषय समावेश गरेको छ।

ब्रिफिङपछिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्त्वपूर्ण भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली सेनाले राम्रो अध्ययन गरेको छ। यसबारे राजनीतिक तहमा पनि एकचरण छलफल गर्छु। अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टिम बनाएर जान सकिन्छ। त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ।” प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु नकारात्मक भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतका सरकारी उद्योगहरू निजीकरण गरिए। त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो। रोजगारी सिर्जना खुम्चिँदै गयो। त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो। अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ।”

उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

Share70Tweet44Send
Previous Post

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

Next Post

जनताको जीवनस्तर उठाउन वैचारिक बहस आवश्यक छ : राष्ट्रपति

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
कर्णाली

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा
लुम्बिनी

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

Next Post
जनताको जीवनस्तर उठाउन वैचारिक बहस आवश्यक छ : राष्ट्रपति

जनताको जीवनस्तर उठाउन वैचारिक बहस आवश्यक छ : राष्ट्रपति

जग्गाधनी प्रमाणपुर्जा वितरण

जग्गाधनी प्रमाणपुर्जा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In