• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

प्रहरीको जागिर छाडेर दुग्ध व्‍यवसाय

प्रहरीको जागिर छाडेर दुग्ध व्‍यवसाय थालेका राईको मनग्‍य आम्दानी

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in कोशी, फिचर, विजनेस, समाचार
0
प्रहरीको जागिर छाडेर दुग्ध व्‍यवसाय
176
SHARES
800
VIEWS
ShareShareShare

सल्लेरी,  सोलुखुम्बु  । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् ।
नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू ४०र५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् । उनीहरु भन्छन् ‘स्वदेशमा न त कुनै जागिर नै छ न नै ।

अनि विदेश नहानिएर के गर्नु रु यहाँ बसेर कामै छैन् ।’ तर जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

उनले सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेका छन् । बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुन् राई ।

बिहान सबेरै उठेर दूध सङ्कलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरुको घरदैलोमा पुग्छन् उनी ।
राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरुको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरुलाई समेत रोजगार दिँदै आएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका(२ बाट उम्मेद्वारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको उनी सुनाउँछन् ।

राइले भने, ‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक रू ४०र५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ ।’

उनले २०७९ मङ्सिरबाट कोठा भाडामा लिइ दूध सङ्कलन गरी दूध र दही बिक्री गर्न थाले । व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको  आवश्यकता महशुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए । उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन ।
यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप(ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए र उनी गाउँपालिकाको सिफारिसमा  तालिमका लागि छनोट पनि भए ।

उनी २०८० वैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए । तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो ।
तालिमपश्चात परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गरे ।

उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरु नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाले ।

तालिमपश्चात् उनको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरु उत्पादन गरी व्यवसायलाई बिस्तार पनि गरे ।  व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरहेका छन् । उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरु अप्रत्यक्षरुपमा लाभान्वित बनेका छन् ।

व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको अनुमान उनको छ। यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गरेका छन् ।

व्यवसायलाई अझ दिगो र विस्तारितरुपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उनको भनाइ छ । चार माउभैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताए । गाउँघर र छिमेकीहरुलाई समेत पशुपालन र दूध उत्पादनमा उनले प्रोत्साहन गर्दै आएका छन् ।

सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ ।

जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताए । ‘जिल्लाका किसानहरुले  परम्परागत ढङ्गबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरु जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन’ राईले भने ।

जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ । दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरु धेरै माग रहेको उनले बताए । उत्पादित वस्तुहरुलाई सहज बिक्री वितरणका लागि काठमाडौँका बजारहरु तथा अन्तरराष्ट्रिय बजारहरुसँग समेत समन्वय गरिरहेको राई बताउँछन् ।

व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझ्नुभएका राई यस्ता तालिमहरु खर्च गरेर भए पनि लिन छुटाउँदैनन् । रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तुहरु उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका हुन् ।

सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ ।अनलाइन खबरबाट

Share70Tweet44Send
Previous Post

मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?

Next Post

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री श्रेष्ठबिच भेटघाट

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री श्रेष्ठबिच भेटघाट

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री श्रेष्ठबिच भेटघाट

जापानबाट विद्यार्थीले एसईई दिँदै

जापानबाट विद्यार्थीले एसईई दिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In