• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

स्थानीय तहमा पन्ध्र थरीका कर्मचारी

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in विचार, समाचार, हेडलाईन
0
स्थानीय तहमा पन्ध्र थरीका कर्मचारी
176
SHARES
800
VIEWS
ShareShareShare

 चैत २४, काठमाडौँ । स्थानीय तहमा तीन वर्षअघि १० थरी कर्मचारी रहेकामा अहिले १५ थरी कर्मचारी पुगेका छन् । पालिकाले विभिन्न योजना र कार्यक्रममा कर्मचारी नियुक्ति गर्दा स्थानीय तहमा कर्मचारीको प्रकार बढ्दै गएका हुन् ।

स्थानीय तहमा थरी थरीका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष सजाय भने सेवाग्राहीले भोग्नुपरेको छ । थरी थरी कर्मचारीमार्फत सेवा प्रवाह हुँदा समग्रमा सङ्घ, प्रदेश र स्थानीय तहकै नतिजा कमजोर हुनुका साथै सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको स्थानीय तहमा कार्यरत कर्मचारीले स्विकार्दै आएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन स्थानीय तहका अध्यक्ष सुजिन्द्र महर्जनले थरी थरी कर्मचारीबिच आपसी मतभेदले गर्दा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म स्थानीय तहमा १५ प्रकारका कर्मचारी कार्यरत रहेको भन्दै उक्त कर्मचारीको सेवा सुविधा पनि फरक फरक हुँदा कर्मचारी व्यवस्थापन भद्रगोल र जटिल बन्दै गएको छ ।

स्थानीय तहमा साबिक स्थानीय निकायका स्थायी, अस्थायी, करार र ज्यालादारी, जिल्ला समन्वय समितिबाट स्थानीय तहमा समायोजित स्थायी, अस्थायी र करारका कर्मचारी, विभिन्न विकास समिति र प्रतिष्ठानका कर्मचारी, निजामती सेवाबाट समायोजन भई आएका कर्मचारी, २०७४ सालपछि दरबन्दीमा नियुक्त भएका करारका कर्मचारी, २०७४ सालपछि दरबन्दीबाहिरका कर्मचारी कार्यरत छन् ।

त्यस्तै स्थानीय तहकै लागि लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारी, प्रदेश लोक सेवा आयोगले पदपूर्ति गरेका कर्मचारी, स्थानीय तहका आयोजना र कार्यक्रमका कर्मचारी सङ्घीय सरकारले स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृत गरी १५ प्रकारका कर्मचारी कार्यरत रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सङ्गठनका अध्यक्ष महर्जनले भन्नुभयो, “स्थानीय तहमा सेवा प्रवाहका लागि नियुक्त भएका विभिन्न थरीका कर्मचारी नै सन्तुष्ट नहुँदा उहाँहरूबाट प्राप्त गर्ने कार्यसम्पादनको नतिजा स्वाभाविक रूपमा गुणस्तरीय हुँदैन, अहिले अधिकांश स्थानीय तहमा थरी थरीका कर्मचारी हुँदा त्यसको दण्ड र सजाय सर्वसाधारण सेवाग्राहीमा पर्ने गरेको छ ।” स्थानीय तहमा फरक फरक क्षेत्रबाट कर्मचारी आएकाले एउटै तहका कर्मचारीमा पनि कनिष्ठ र वरिष्ठतमको द्वन्द्व हुने गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले स्थानीय तहमा फरक फरक कर्मचारी हुँदा कर्मचारी व्यवस्थापन र कार्यसम्पादन नतिजा प्रभावकारी नभएको बताउनुभयो । सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कर्मचारी पूर्ण रूपमा सन्तुष्ट नभएसम्म प्रभावकारी नतिजा अपेक्षा गर्न सकिँदैन, त्यसका लागि सङ्घीय सरकारले सङ्घीय निजामती सेवा ऐन पूर्णतः कर्मचारीमैत्री बनाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “धेरै स्थानीय तहमा कर्मचारी कल्याण कोष व्यवस्थै छैन । सबै स्थानीय तहले कम्तीमा दुई महिनाको तलबबराबरको रकम अनिवार्य विनियोजन गरी कर्मचारी कल्याण कोष खडा गर्नु पर्छ, त्यसो हुँदा स्थानीय तहमा कर्मचारीमा उत्साह थपिने नतिजा प्रभावकारी हुन्छ ।”

स्थानीय सेवा प्रभावकारी बन्न नसक्दा स्थानीय तहमा कर्मचारी भद्रगोल भएको हो । संविधानमा स्थानीय तहका लागि आवश्यक जनशक्ति प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख छ । संविधानकै अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारको सूचीमा स्थानीय तहले स्थानीय सेवाको व्यवस्थापन गनुपर्ने उल्लेख गरिएको छ । गण्डकी, बागमती र लुम्बिनी तीन वटा प्रदेशले स्थानीय सेवासम्बन्धी मापदण्ड बनाए पनि सङ्घीय निजामती सेवा ऐन अभावमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन नसकेको नेपाल नगरपालिका सङ्घले जनाएको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाका स्थानीय तहमा थरी थरीका कर्मचारीबिच वैमनस्य बढेको, त्यसले सेवा प्रवाहमा प्रत्यक्ष असर गरेको बताउनुभयो । स्थानीय तहमा थरी थरी कर्मचारी कार्यरत भएकाले एक अर्काविरुद्ध प्रतिरोध साँध्ने, एउटा शाखाले अर्को शाखाबिच काममा असहयोग गर्नेदेखि ठुला मतभेद रहने गरेको छ ।

उहाँले स्थानीय तहमा कार्यरत विविध कर्मचारीको आपसी समस्या सरकारले स्थानीय सेवा ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराएर समस्या समाधान गर्न सुझाव दिनुभयो ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले सबै कर्मचारीले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने जति थरी कर्मचारी भए पनि समस्यै नआउने बताउनुभयो । उहाँले सङ्घीय निजामती सेवा ऐन जारी नभएकाले पनि कर्मचारी व्यवस्थापनमा स्थानीय तहलाई समस्या भएको भन्दै छिट्टै ऐन जारी गराउन सरकारलाई आग्रह गर्नुभयो । अहिले स्थानीय तहमा उक्त १५ प्रकारका कर्मचारी गरी करिब ७० हजार कर्मचारी कार्यरत रहेको अनुमान मन्त्रालयले गरेको छ ।

लेखः नगेन्द्र सापकाेटा

Share70Tweet44Send
Previous Post

केयरगिभरमा इजरायल जान करार सम्झौता

Next Post

इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता

इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता

रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग

रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In