१४ वैशाख २०८१,काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।
उनले शुक्रबार राति भने, ‘दीपेश पुनको केस के हो भने उनको बारेमा सीआईबीमा अर्को उजुरी छ । सीआईबीले त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेको थियो । अदालतले मागेको धरौटी भनेको ४ लाख हो । त्यो बुझाएपछि यहाँको अदालतको आदेशको सन्दर्भमा प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् । तर रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर फेरि सीआईबी पठाएका छौँ ।’


















