• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

लुम्बिनीका मुख्यमन्त्री आचार्यसँग नगद ४ लाख र १० तोला सुन मन्त्रीहरुको सम्पत्ति ‘गोप्य’

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in देश/प्रदेश, फिचर, भर्खरै, लुम्बिनी, समाचार
0
लुम्बिनीका मुख्यमन्त्री आचार्यसँग नगद ४ लाख र १० तोला सुन मन्त्रीहरुको सम्पत्ति ‘गोप्य’
176
SHARES
800
VIEWS
ShareShareShare

बुटवल । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वमा वर्तमान सरकार गठन भएको ६ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य राखिएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि आचार्यले खर्च कटौती, आर्थिक मितव्ययिता र परदर्शीता आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै कानुनले तोकेको ६० दिन आफूसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा साउन ७ गते नियुक्त भएका थिए ।

तर, ६० दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने दाबी गरेका आचार्यले आफु मुख्यमन्त्री भएको आज १५३ दिन पुग्दा समेत कसैको पनि मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदु कार्यालयका सूचना अधिकार मोहन अर्यालका अनुसार अहिले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण कार्यालयमा बुझाइसकेका छन् । उनका अनुसार मुख्यमन्त्री आचार्यले तोकिएको समयमा नै कार्यालयमा सम्पत्ति विवरण बुझाएको बताए ।

‘मुख्यमन्त्रीसहित अधिकांश मन्त्री ज्यूहरुले आफ्नो सम्पत्ति विवरण पेश नै गर्नु भएको छ । मुख्यमन्त्री ज्यूले समय सिमा भित्रमा नै सम्पत्ति विवरण बुझाउनु भएको थियो,’ उनले भने, ‘ कानुन अनुसार सार्वजनिक पद धारण गरेपछि ६० दिन भित्र बुझाउनु पर्छ । सम्पत्ति विवरण सार्वजनिक गर्न कानुनले बाध्य बनाएको छैन् । मन्त्रिपरिषद्ले निर्णय गरेर सार्वजनिक गर्न भने मिल्छ ।’

मुख्यमन्त्री कार्यालय उच्च स्रोतका अनुसार सहरी विकास तथा खानेपानी मन्त्रालय सरोज थापाले केही दिन अघि मात्रै पटक पटक पत्र पठाएपछि सम्पत्ति विवरण पेश गरेका थिए । अन्य केही मन्त्रीले पनि ६० दिन कटेपछि मात्रै मुख्यमन्त्री कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ पदमा बहाल भएको ६० दिनभित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।
ऐनको यो प्रावधान अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएको भनिए पनि सार्वजनिक भने गरिएको छैन । सम्पत्ति विवरण सार्वजनिक गर्ने÷नगर्ने विषय नैतिकताको विषयसँग जोडिने विज्ञहरू बताउँछन्।

मुख्यमन्त्री आचार्य भन्छन् ‘मसँग नगद ४ लाख, १० तोला सुन र ४ ठाउँमा जग्गा छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफुले कानुनले तोकेको सिमा भित्रमा नै सम्पत्ति विवरण पेश गरेको बताए । उनले आफ्नो सम्पत्ति विवरण मात्रै सार्वजनिक गर्न कुनै समस्या नरहेको बताए ।

मुख्यमन्त्री आचार्य स्वयम्ले ग्लोबल आवाजलाई बताए अनुसार उनीसँग नगद ४ लाख, १० तोला सुन, बुटवल मोतिपुरमा २ ठाउँमा गरी साढे ८ कठ्ठा जग्गा, कपिलबस्तुको मधुबनमा २ कठ्ठा जग्गा र अर्घाखाँचीको सन्धिर्खकमा १२ आना जग्गा (जस मध्य ४ आनामा साढे २ तला घर बनेको) छ ।

‘मरो सम्पत्तिको रुपमा बुटवलको मोतिपुरमा एक ठाउँ ५ कठ्ठा, मोतिपुरकै अर्को ठाउँमा साढे ३ कठ्ठा जग्गा छ । यसका साथै कपिलबस्तुको मधुबनमा २ कठ्ठा जग्गा, अर्घाखाँचीको सन्धिर्खकमा १२ आना जग्गा छ । जस मध्य ४ आनामा साढे २ तालाका घर बनेको छ । यस बाहेक मसँग भएको सम्पत्ति हिजोसम्म बैंकमा ७ लाख थियो । आज श्रीमितीले ३ लाख निकाले पछि अब बैंकमा ४ लाख छ । यसका साथै श्रीमतिसँग १० तोला जति सुन छ,’ मुख्यमन्त्री आचार्यले ग्लोबल आवाजलाई भने ।

साथै मुख्यमन्त्री आचार्यले कानुनतः सम्पत्ति विवरण सार्वजनिक नै गर्नु पर्छ भन्ने नरहेकाले मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्नेे भन्ने कुरा मन्त्रीहरुकै स्वइच्छाको विषय भएको बताए । ‘कानुन अनुसार मुख्यमन्त्री तथा मन्त्री भएपछि ६० दिन भित्रमा सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयमा पेश गर्नु पर्ने हुन्छ । कानुनले सार्वजनिक नै गर्नु पर्ने भन्ने बाध्य व्यवस्था गरेको छैन् । यसकारणले उहाँहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा आफ्नो स्वइच्छाको विषय हो,’ मुख्यमन्त्रीले भने ।

लुम्बिनीमा कसैले पनि सार्वजनिक गरेका छैनन् सम्पत्ति
लुम्बिनी प्रदेशमा अहिलेसम्म कुनै पनि मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भने गरेका छैनन् ।

देश संघीय संरचनामा गए पछि लुम्बिनीमा ६ वटा सरकार बने । संघीयता कार्यान्वयनको पहिलो वर्षमा शंकर पोखरेल र कुलप्रसाद केसी मुख्यमन्त्री बने । दुबै मुख्यमन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेन् । यस्तै पछिल्लो साढे २ वर्षमा लुम्बिनीमा लिला गिरी, डिल्लीप्रसाद चौधरी, जोखबहादुर महरा र चेतनारायण आचार्यको नेतृत्वमा ४ वटा सरकार बने ।

तर, कुनै पनि मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।

‘सम्पत्ति विवरण सार्वजनिक नगर्नु एक प्रकारको भष्ट्रचार’
सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो सम्पत्तिको विवरण अनिवार्य रुपमा नागरिकलाई जानकारी गराउनु पर्ने लेखक ऋषि आजद बताउँछन् ।

‘प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री लगायत राज्यको उच्च तहमा बसेको व्यक्तिले आफ्नो सम्पत्ति विवरण अनिर्वाय रुपमा नागरिकले जानकारी पाउने गरि सार्वजनिक गर्नु पर्छ । यसरी सार्वजनिक नगर्नु र तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनु एक प्रकारको भष्ट्रचार नै हो,’– उनले भने ।

यस्तै उनले प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रीले मात्रै नभएर स्थानीय तहका प्रमुख उपप्रमुख लगायत उच्च पदमा रहेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने बताउँछन् ।

आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले पनि उच्च पदमा रहेकाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हुने बताउँछन् । ‘नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्नका लागि अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्छ,’ उनले भने ।

Share70Tweet44Send
Previous Post

अराजक अनलाइनहरु नियन्त्रण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ

Next Post

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
बाटो निर्माणमा अनियमितता : तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनाविरुद्ध मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अन्तर मा वि लोक दोहोरी प्रतियोगितामा बुटवलकाे कालिका मानवज्ञानलाई उपाधि

अन्तर मा वि लोक दोहोरी प्रतियोगितामा बुटवलकाे कालिका मानवज्ञानलाई उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In