कहिलेकाही तपाईंले आफ्ना साथीहरुसँग कुनै कुरा गर्नुहुन्छ वा कुनै सरसामानको बारेमा चर्चा गर्नुभएको हुन्छ । त्यसको केही बेरमै तपाईंले आफ्नो सोसल मिडिया अकाउन्ट लगइन गर्नुभयो भने अचम्म लाग्दो दृश्य देखिन्छ । किनकि तपाईंले केहीबेरअघि कुरा गरेका वस्तु वा विषयहरुसँग सम्बन्धित विज्ञापनहरु सोसल मिडिया पेजमा देखिन थाल्छन् ।
तपाईंलाई लाग्नसक्छ कि यस्तो कसरी भयो ? वास्तवमा तपाईंको फोनले २४ सै घण्टा तपाईंको कुरा सुनिरहेको हुन्छ । सुन्नमा यो थोरै अनौठो लाग्नसक्छ, तर यथार्थ चाहिँ त्यही नै हो । नयाँ अनुसन्धानले यसको पुष्टि गरेको छ ।
कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्टइन माइक्रोफोन भएका स्मार्टफोनहरुले २४ सै घण्टा प्रयोगकर्ताको जासुसी गरिरहेका हुन्छन् ।
बिल्टइन माइक्रोफोनयुक्त स्मार्टफोनले हरपल प्रयोगकर्ताहरुको कुरा सुनिरहेका हुन्छन् ।



















