२१ पुस, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् ।
माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् ।

बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताए । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौं’, रावलले भने, ‘हाम्रो एजेण्डालाई उहाँहरुले सकरात्मक रुपमा लिनुभएको छ ।’
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेका सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन् ।



















