• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

धर्मको आडमा अनुयायीमाथि ज्यादती

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in फिचर, समाचार
0
धर्मको आडमा अनुयायीमाथि ज्यादती
176
SHARES
800
VIEWS
ShareShareShare

पुस २५ , काठमाडौं । १८ दिनदेखि बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडा क्षेत्रमा चहलपहल बढेको थियो । कहिले कोठा खोज्दै त कहिले सामान बेच्दै नयाँ मानिसहरु आइरहेका थिए ।

त्यसरी आउनेहरुमध्ये एक महिलाले मंगलबार साँझ एउटा आलिशान बंगलाको ढोका ढक्ढक्याइन् । ढोका खोलेकी महिलाले उनलाई घरमा कोही नभएको भन्दै रोक्न खोजिन् । भित्र प्रवेश गर्न खोज्ने र नदिने महिलाबीच ठेलमठेलको स्थिति भयो ।

त्यहीबेला घरको माथि पट्टी केही खसेजस्तो सुनियो । कोही भाग्न खोज्दै थिए । फरक भेषमा गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुझिहाल्यो, लिटल बुद्ध भनेर चिनाउने रामबहादुर बम्जनले उम्किने प्रयास गरे ।

‘उनी त्यहीँ बसिरहेको सूचना १७/१८ दिनअघिबाटै थियो, त्यसलाई भेरिफाइ गर्न चहलपहल भए नभएको हेरिरहेका थियौं’, सीआईबी निर्देशक किरण बज्राचार्य भनिन्, ‘यत्तिका दिनसम्म चहलपहल नदेखेपछि मंगलबार साँझ भित्र पस्ने निधो गरेका थियौं ।’

गेटमै घम्साघम्सी हुनासाथ बम्जन त्यहीँ रहेको निर्क्यौल प्रहरीले गरिसकेको थियो । वरिपरिबाट सादा पोशाकका प्रहरीले उनी बसेको घर घेरिसकेका थिए । त्यसमाथि गेटमा सीआईबीबाट आएको भन्नेबित्तिकै चौथो तलाबाट बम्जन हामफालेका थिए ।

अपरेशनमा खटिएका एक अधिकृतका अनुसार, कोठाबाट खाँदै गरेको रोटी समेत हातमै लिएर उनी झरेका थिए । ‘फाल हान्लान् कि भनेर पहिल्यै विश्लेषण गरेर माथि गएका थियौं, वरिपरि टोली थियो । यद्यपि, उनी चौथो तलाको एउटा झ्यालबाट दोस्रोमा झरे’, ती अधिकृतले सुनाए, ‘अर्को टोलीले आएर उनलाई त्यहीँ समाइहाल्यो ।’

समातेको केहीबेरपछि उनले आफू ‘बाहिरी संसारबाट अनविज्ञ रहेको’ देखाउन खोजे । कतिसम्म भने उनले आफू भाग्दै नभागेको समेत दाबी गरे ।

‘म गुरु हुँ, प्रायः जंगलमै हुन्थेँ, मलाई पक्राउ पूर्जी जारी भएको समेत थाहै थिएन’, समातिइसकेपछि बम्जनले भनेका थिए, ‘कानुन अनुसार हाजिर हुनुपर्ने भए केही छैन ।’

‘कोठाको नाम बंकर रुम भएकाले त्यहाँ भाग्ने ठाउँ पो रहेछ कि भनेर पनि हेरेका थियौं, तर केही भेटिएन’, अनुसन्धानमा खटिएका अधिकृतहरु भन्छन् ।

सिन्धुलीस्थित बम्जनको आश्रममा छापा मार्दा प्रहरीले त्यहाँ सुरुङ बनाएको समेत फेला पारेको थियो ।

आफूलाई प्रायः जंगलमा बसेको बताउने बम्जन बस्दै आएको घरको चौथो तलामा जिमखाना र बक्सिङ हल पनि थियो । जानकारहरुका अनुसार, बम्जन आफैं करातेका ‘ब्ल्याक बेल्ट’ पनि हुन् ।

‘बाहिर धर्म गुरु बताउने, जंगलमा बस्ने भन्दै प्रचार गर्ने तर, भित्र चाहिँ उनी त्यही आडमा विलासी जीवन बिताइरहेको घरको वस्तुस्थितिले देखाउँछ’, अपरेशनमा खटिएका एक अधिकृत भन्छन्, ‘उनको कोठामा भएका बेडदेखि अरु सामानहरु पनि राजा महाराजाले प्रयोग गर्ने खालका छन् ।’

घरभित्र हरेक सामान विदेशी थिए, भान्सा, बेडरुम र बाथरुम जता छिरेपनि तारे होटलझैं सामग्रीहरु थिए । कतिसम्म भने फरार रहेकै बेला बम्जनको प्रयोगका लागि ५ करोडमा एउटा ल्याण्ड क्रुजर गाडी पनि खरिद गरिँदै थियो ।

ललितपुर महानगरपालिका–२२, बुङ्मती बस्ने बौद्ध श्रवण धर्म संघ, ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्नलाई सोरुमलाई ३ करोड रुपैयाँ भुक्तानी समेत भएको ब्यूरोका एसपी नवराज अधिकारी बताउँछन् ।

‘गाडी ५ करोड रुपैयाँमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी गरेर खरिदको क्रममा रहेछ’, उनले भने, ‘उनले क्रसफायर बाइक, ३९० सीसीको केटीएम डुक, जेडआर स्कुटर समेत प्रयोग गर्ने गरेको भेटिएको छ ।’

यौन शोषणको मुद्दा

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।

‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’

यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् । पत्रकार सम्मेलन भएकै स्थलमा बम्जन पक्षधरका केही व्यक्तिहरु प्रवेश गरेर उनीमाथि आक्षेप समेत लगाएका थिए ।

हाल उनको जाहेरीका आधारमा अघि बढेको बम्जनविरुद्धको बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दा जिल्ला अदालत, सर्लाहीमा विचाराधीन छ । हालै अदालतमा उनको बकपत्र समेत भएको थियो ।

अनुयायीको हत्या आशंका, तर छैन प्रमाण

बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सञ्चलाल वाइवा १४ चैत २०७१ देखि बेपत्ता भएको भन्दै प्रहरी कहाँ उजुरी छ । आफन्तले सञ्चलालको आश्रमभित्रै हत्या भएको दाबी गरेका थिए ।

उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक र सीआईबीको संयुक्त टोलीले २० पुस २०७५ मा इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले केही नुनका प्याकेट र एक स्थानमा खोस्रिएको जस्तो फेला पारेपनि थप प्रमाणहरु भेटेन ।

‘सूचना आएको स्थानमा खनेर हेर्दा कमलो माटो र चार फिट खन्दा नुनको ९ वटा प्याकेटको खोल भेटिएको थियो’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘शव वा कंकाल केही भेटिएन, हड्डीका केही अवशेष त भेटिएला भन्ने थियो, त्यो पनि भेटिएन ।’

ब्यूरोका अधिकृतहरुको भनाइमा, उजुरी परेको सूचना चुहिएपछि शव निकालेको हुनसक्ने आशंका छ ।

सर्लाहीकी रीता बोट पनि बम्जनसँग बाराको गढीमाई मेलामा गएपछि हराएकी थिइन् । बम्जनले एकपटक गढीमाई मेलामा हुने बलिप्रथा रोक्ने भन्दै उद्घोष गरेका थिए ।

आफूसँग भएको विशेष शक्ति प्रयोग गरेर बलिप्रथा रोक्ने उनले बताएका थिए । त्यहीबेला बम्जन एक महिना गायब भए भने रीताको अहिलेसम्म अत्तोपत्तो छैन । उनको पनि हत्या भएको हुनसक्ने आशंका छ । यद्यपि, कुनै प्रमाण फेला परेको छैन ।

त्यहीबेला सिन्धुलीस्थित आश्रममा राखिएको ठूलो परिमाणको घ्यू गायब भएको भन्दै त्यहाँ बसेका अनुयायीहरुले बयान दिएका छन् । ‘यसलाई जोडेर शव जलाएको हो कि भन्ने कोणबाट पनि अनुसन्धान गर्‍यौं, यद्यपि पत्ता लगाउन गाह्रो भयो’, अनुसन्धानमा संलग्न अर्का अधिकृत भन्छन् ।

सीआईबीका तत्कालीन एसपी वेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असार २०७७ मा सिन्धुलीस्थित बम्जन आश्रममा छापा मारेको थियो ।

प्राविधिक विश्लेषण र अन्य आधारमा उनी त्यहीँ भएको निष्कर्ष निकालेर प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, अन्तिममा प्रहरी खाली हात फर्किनुपरेको थियो । ‘ट्याकर’ र ‘सर्च एण्ड रेक्यू’ कुकुरसहित पुगेको टोलीले आश्रममा बंकरहरु पनि फेला पारेको थियो ।

‘आश्रमबाहिरबाट सोचे जस्तो छँदै थिएन, त्यसैले सशस्त्र प्रहरी बलबाट मगाएर लाइफ डिटेक्टिङ मेसिन पनि प्रयोग गरेका थियौं’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘बङ्लामा कतै फल्स बटम बनाएर वा जमिनमुनि बस्ने ठाउँ बनाएर बसेको हुनसक्ने शंका समेत भएर त्यो लगेका थियौं ।’

सशस्त्र प्रहरी बलसँग मागेर लगिएको त्यो मेसिन २०७२ सालमा भूकम्प जाँदा भग्नावशेषमा फसेका मानिसहरुको खोजीका लागि प्रयोग भएको थियो । तर, ८ घण्टासम्म चलाएको अपरेशनमा उनी फेला पर्न सकेनन् ।

अनुसन्धान अधिृकतहरुका अनुसार, उनले धार्मिक आवरणमा गैरकानूनी रुपमा वन कब्जा समेत गरेका थिए । ‘उनले आफ्नो सुरक्षाका लागि दुई लेयरमा मानिसहरु राखेका थिए, त्यसैले प्रहरी पुग्नेबित्तिकै खबर पाएर त्यसबेला भागेको हुनसक्ने आशंका हो’, सीआईबीका अधिकृतहरु भन्छन् ।

बेपत्ता श्रृंखला

बम्जनविरुद्ध आफ्नो अनुयायी बेपत्ता पारेको भन्दै १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा पनि उजुरी परेको थियो ।

उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा उपमहानगरपालिका–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

बम्जनका आश्रमका मानिसहरुले मगरको परिवारलाई उनी विदेश गएको बताएका छन् । यद्यपि, हालसम्म त्यसको कुनै आधार भेटिएको छैन ।

सिन्धुपाल्चोकस्थित आश्रमबाट नुवाकोटकी चुल्मो भनिने चिनिमाया तामाङ र मकवानपुरकी डोल्मो भनिने फुलमाया रुम्बा पनि बेपत्ता छन् । हालसम्म प्रहरीले उनीहरुबारे कुनै सूचना पाउन सकेको छैन ।

बम्जनकै बयानबाट उनीहरुबारे जानकारी प्राप्त हुनसक्ने अधिकृतहरुको अपेक्षा छ । यद्यपि, उनलाई जिल्ला अदालत सर्लाहीमा बुझाइहाल्नुपर्ने बाध्यता र अरु कारणले त्यो पनि कठिन देखिन्छ ।

फेरि बम्जनमाथि अनुसन्धानलाई ‘धार्मिक हिंसा भड्काउने प्रयास’ भन्दै उनको पक्षमा एउटा समूहले लबिङ समेत गरिरहेको छ । त्यही कारण यसअघि बम्जनमाथिको अनुसन्धानले गति लिन सकेको थिएन ।

बम्जनको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा आबद्ध छन् ।

बम्जनविरुद्ध अनुसन्धान सुरु भएलगत्तै लामा लगायतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं हालका प्रधानमन्त्री प्रचण्डलाई एउटा ज्ञापन पत्र बुझाएका थिए, जसमा बम्जनको प्रसंग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाइएको थियो ।

यसपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्ट आधारविना अनुसन्धान अघि बढाउन भनेको अधिकृतहरुको दाबी छ ।

बुधबार पनि बम्जनलाई भेट्न भन्दै पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी पुगेकी थिइन् । उनका अनुयायीसहित पुगेकी लामाले सुरुमा ब्यूरोका अधिकृतहरुसमक्ष आफूहरुले नै अदालतसम्म ‘गुरु’ लैजाने व्यवस्था मिलाइदिन आग्रह गरिन् ।

‘पक्राउ गरेर ल्याएका बम्जनलाई त्यसो गर्न मिल्ने कुरै थिएन, सम्झाएर सुरक्षित साथ हाजिर गराउँछौं भन्यौं’, ब्यूरोका एक अधिकृतले भने । लामा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् ।

केही समय अघिसम्म हामफालेर भाग्न खोजेका बम्जन पक्राउ परेपछि एकाएक नरम सुनिए । ‘उनी नाटक गर्न एकदमै खप्पिस रहेछन्, पाँच वर्षसम्म लुकेर हिँडेका उनी समातिएपछि केही नभएझैँ प्रस्तुत भए’, अनुसन्धानमा खटिएका अधिकृतहरु भन्छन् ।

सीआईबीको जघन्य अपराध हेर्ने पिलर नम्बर १ को एउटा टोली बम्जनलाई लिएर महाराजगञ्जस्थित कार्यालयतिर आयो । अर्को टोलीले घरमा सर्च अपरेसन चालु राख्यो । त्यसक्रममा तेस्रो तलामा एउटा ‘बंकर बेडरुम’ भेटियो ।

‘बच्चाहरु सुत्ने कोठाको नामै बंकर बेडरुम राखेका रहेछन्, त्यहाँ भित्ताभरि दराज र एउटा सेफ पनि थियो’, एक अनुसन्धान अधिकृतले भने, ‘सेफ खोल्दा त्यहाँ पैसाका गड्डी नै गड्डी भेटिए, साथमा थुप्रै विदेशी मुद्रा पनि थिए ।’

वडा कार्यालयबाट जनप्रतिनिधिसमेत बोलाएर प्रहरीले नगद बरामद गर्‍यो । केही घण्टा लगाएर गन्दा नेपाली र विदेशी मुद्रा गरी मात्रै ३ करोड ३४ लाख ३७ हजार ९०६ भेटिएको ब्यूरोका एसएसपी दिनेश आचार्य बताउँछन् ।

‘विभिन्न १७ देशका विदेशी मुद्राहरु गरेर नेपाली ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको रकम भेटियो’, उनले भने, ‘त्यहाँ विभिन्न ब्राण्डका मोबाइलहरु मात्रै १४ वटा, आइप्याड र ट्याबहरु ५ वटा भेटिएका थिए ।’

अपरेशनमा खटिएका एक अधिकृतका अनुसार, उनको घरमा भेटिएको नगद बोक्न मात्रै दुई जना प्रहरी आवश्यक परेको थियो । राति २ बजेसम्म बसेर गणना गरेको अधिकृतहरु बताउँछन् ।

Share70Tweet44Send
Previous Post

असफल प्रेमको कहानी ‘चाँदनी’

Next Post

तिलोत्तमाको नगरपालिकाकाे नगरसभा तथा अधिवेशन सम्पन्न

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
तिलोत्तमाको नगरपालिकाकाे नगरसभा तथा अधिवेशन सम्पन्न

तिलोत्तमाको नगरपालिकाकाे नगरसभा तथा अधिवेशन सम्पन्न

सन्दीप लामिछाने निलम्बन

सन्दीप लामिछाने निलम्बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In