• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in समाचार
0
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो
176
SHARES
800
VIEWS
ShareShareShare

माघ १२, सल्लेरी (सोलुखुम्बु),: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू छ करोड २३ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रू ६ करोड ९६ लाख ७८ हजार सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू ७३ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको हो ।

चालु आवको साउनमा रू छ लाख ५६ हजार, भदौमा रू ३३ लाख ९५ हजार, असोजमा रू दुई करोड दश लाख, रू ५४ हजार, कात्तिकमा रू तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू एक करोड एक लाख ४३ हजार र पुसमा रू ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए ।

निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू छ करोड ६६ लाख ७० हजार, वन पैदावर बिक्री वितरण शीर्षकबाट रू ४० लाख ८३ हजार, दण्ड सजायबाट रू २५ लाख सङ्कलन भएको छ । निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो ।

चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ ।एक पटक हेलिकप्टर अवतरण गरेबापत रू तीन हजार  अवतरण शुल्क लिने गरिएको छ ।

निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो’, उनले भने,’विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफसिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।’

सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् ।

यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए । उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ ।

यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् ।

निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् ।

साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिए ।

उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् ।

‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ ।

फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच/सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

Share70Tweet44Send
Previous Post

अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट

Next Post

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेल शुक्रबार नेपाल र अफगानिस्तान

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीको सक्रियता

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीको सक्रियता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In