फागुन २४, बुटवल । रुपन्देहीकाे सैनामैना नगरपालिकामा जारी दादुरा, रुबेला खोप अभियानमा २५ हजार ८ सय ९ जना बालबालिका हरुले खोप लगाएका छन् ।

स्वाथ्य शाखा प्रमुख बसन्त श्रेष्ठ अनुसार २०८० फागुन २० गते देखि २४ गते सम्म सञ्चालन भएकाे अभियानमा ९ महिना देखि ५ वर्षा मुनी ६६७५ जना र ५ वर्षा देखि १५ वर्षा मुनिका १९१३४ जना गरि जम्मा २५८०९ जनालार्इ दादुरा, रूबेला खाेप लगाएका हाे । सैनामैना भित्र रहेकाे सबै स्वास्थय शाखाहरू, सबै विद्यालयहरुमा खाेप लगाउने केन्द्र रहेकाे थियाे ।
साथै रूपन्देही स्वाथ्य कार्यालय का अनुसार रूपन्देही जिल्ला भरि ३ लाख ३१ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप लगाएकाे छ ।



















