• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

हाइड्रोजन उत्पादनको सफल परीक्षण

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in फिचर, विजनेस, सूचना प्रबिधि
0
हाइड्रोजन उत्पादनको सफल परीक्षण
176
SHARES
800
VIEWS
ShareShareShare

 चैत १८, बनेपा । विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ ।

पाँच महिनाअघि नेपालमा नै पहिलो पटक दक्षिण कोरियाबाट हुण्डाईको नेक्सो हाइड्रोजन कार भित्राएको केयूले आइतबारबाट हाइड्रोजन कारको लागि आवश्यक पर्ने रिफ्युलिङ सेन्टरको सफल परीक्षण गरेको हो ।

विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख एसोसियट प्राध्यापक डा. विराज सिंह थापाले विश्वविद्यालयले दुई वर्षदेखि अघि सारेको नेपालमा हाइड्रोजन उत्पादन गर्ने लक्ष्य सफल भएको बताउनुभयो ।

उहाँले विश्वविद्यालयले आइतबारबाट हाइड्रोजन रिफ्युलिङ सेन्टरबाट हाइड्रोजन उत्पादन गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले रिफ्युलिङ सेन्टरबाट उत्पादित हाइड्रोजनलाई विश्वविद्यालयमा ल्याइएको हाइड्रोजन कारमा फिल (भर्ने) काम समेत सुरु गरिएको बताउनुभयो ।

“नेपाल आयल निगमको आर्थिक सहयोगमा हामीले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यता र यसको प्रयोगको विषयमा अध्ययन, अनुसन्धान गरेका हौँ”, प्रा.डा. थापाले भन्नुभयो ।

उहाँले निगमसँग दुई वर्षअघि भएको सम्झौता अनुसार नेपालमा हाइड्रोजन कार भित्राउने र रिफ्युलिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।

आयल निगमले विश्वविद्यालयलाई हाइड्रोजनको सम्भाव्यता लगायतको लागि पाँच करोड रुपियाँ सहयोग उपलब्ध गराएको हो ।

उहाँले केयूले अध्ययन, अनुसन्धानका लागि हाइड्रोजनको उत्पादन गरेसँगै नेपालको पानी र बिजुलीबाट नेपालमा हाइड्रोजन उत्पादन गरी सो बाट सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

उहाँले हाइड्रोजनको उत्पादन र प्रयोगले नेपालमा हुने डिजेललगायतका पेट्रोलयम पदार्थलाई विस्थापित गर्न मद्दत गर्ने बताउनुभयो ।

केयूले सञ्चालनमा ल्याएको हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औषत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ । विश्वव्यापी रुपमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न औषत पाँच अमेरिकी डलर खर्च हुने तथ्याङ्कले देखाएको छ ।

केयूमा स्थापित हाइड्रोजन स्टेशनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खर्च हुने हाइड्रोजन ल्यावका प्रमुख प्राडा थापाले बताउनुभयो ।

उहाँले केयूमा रहेको हाइड्रोजन कारको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तथा हाइड्रोजन उत्पादन र प्रयोगको विषयमा सन्देश फैलाउन उक्त कारलाई देशका विभिन्न जिल्लामा लगेर प्रर्दशन गर्ने बताउनुभयो ।

निगमबाट प्राप्त गरेको सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलर खर्च गरेर हुण्डाईको निक्सो हाइड्रोजन कार तथा एक करोड तीस लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको हो ।

Share70Tweet44Send
Previous Post

घुससहित वडाध्यक्ष पक्राउ

Next Post

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग
फिचर

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
कर्णाली

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

Next Post
भाजपालाई ५९ करोड चन्दा दिने व्यापारी नै केजरीवालविरुद्धको मुद्दामा सरकारी साक्षी

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

रुपन्देहीको शुद्धोधनमा पहिलो पटक जुत्ता मेला सुरु, बैशाख ०५गते सम्म चल्ने

रुपन्देहीको शुद्धोधनमा पहिलो पटक जुत्ता मेला सुरु, बैशाख ०५गते सम्म चल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In