पुस २७ , धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् ।टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा रेशमको मात्र उम्मेदवारी परेको हो । रेशमको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएकाे हुन । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् । तपशिल अनुसारका निर्वाचित भएका छन् ।




















