चैत २०, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।
गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।
९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।



















