• सम्पर्क
Friday, September 4, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

अलैँचीको मूल्य वृद्धि

अलैँचीको मूल्य वृद्धिले व्यापारीलाई फाइदा

जीवन्त न्यूज by जीवन्त न्यूज
2 years ago
in फिचर, विजनेस, समाचार
0
अलैँचीको मूल्य वृद्धि
176
SHARES
800
VIEWS
ShareShareShare

 चैत २०, ताप्लेजुङ। यस वर्षको अलैँचीको मूल्य वृद्धिले व्यापारीलाई फाइदा भएको छ । अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्य वृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको हो ।

ताप्लेजुङमा हिजोआज अलैँची प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपियाँ सम्ममा कारोबार भइरहेको छ ।

पछिल्लो समय अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहेको र मूल्य वृद्धि हुँदा व्यापारीले बढी फाइदा लिन सफल भएका छन् । मङ्सिर, पुस र माघ महिना अलैँचीको मुख्य कारोबार हुने मौसम मानिन्छ ।

मुख्य कारोबार हुने मौसम बितिसकेपछि अलैँचीको मूल्य वृद्धि भइदिँदा यसको फाइदा व्यापारीलाई भएको हो । यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ५५ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो ।

त्यसयता निरन्तर मूल्य वृद्धिको क्रमसँगै अहिले अलैँचीको मूल्य प्रतिमन ८३ हजार रुपियाँ पुगेको छ ।

खेतीमा संलग्न किसानले अलैँची बगानबाट निस्केपछि बजारमा पु¥याउने गर्दछन् । अलैँची बजारमा पु¥याएर चलन चल्तीको मूल्य काट्ने अर्थात बिक्री गरिहाल्ने हाल्ने भएकाले किसानभन्दा व्यापारीलाई फाइदा हुने गरेको हो ।

अलैँची उत्पादक किसानले स्थानीय बजारमा तत्काल कारोबार हुँदै आएको मूल्य पाउने गरेका छन् । स्थानीय व्यापारीले भने जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्नुपर्ने पर्दा केही समय पर्खनुपर्ने वा तत्काल कारोबार हुँदैन ।

अलैँची व्यापारका लागि केही समय पर्खनु पर्ने भएका कारण सोही समयमा मूल्य वृद्धि भएकोले व्यापारीलाई फाइदा भएको हो । फुङ्लिङ बजारका स्थानीय व्यापारी भन्द्रबीर रेग्मीले भने हाल अलैँचीको मूल्य वृद्धि भए पनि आफूले त्यसको फाइदा लिन नसकेको बताउनुभयो ।

अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका रेग्मीले किसानबाट अलैँची लिनासाथ बिक्री गरिहालेका कारण अहिले भएको मूल्य वृद्धिको फाइदा लिन नसकेको बताउनुभयो ।

उहाँका अनुसार अलैँचीको अस्थिर मूल्यका कारण फुङ्लिङ बजारका अधिकांश व्यापारीले मूल्य वृद्धिको फाइदा लिन नपाएका बताउनुभयो । मूल्य वृद्धि हुने कुनै निश्चित नहुने हुँदा स्थानीय व्यापारीले लगाएको मूल्य अझ घट्नसक्ने डरले सुरुमै जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्दा स्थानीय व्यापारीले फाइदा लिन नपाएको उहाँको भनाइ छ । मूल्य पर्खेर कारोबार गर्ने केही व्यापारीले भने राम्रो फाइदा लिएका उहाँले बताउनुभयो ।

फुङ्लिङ बजारका अर्का व्यापारी दिनेश अधिकारीले पनि सोचेजस्तो मूल्य वृद्धिबाट अलैँची व्यापारमा फाइदा लिन नसकेको बताउनुभयो । उहाँका अनुसार सुरुको मूल्यमा किसानले भाउ नकाटेको र बिचमा प्रतिमन ७० हजार रुपियाँ पुग्दा धेरै उत्पादक किसानले अलैँचीको मूल्य काटेका वा बिक्री गरेका थिए ।

सोहीमा समयमा व्यापारीले पनि अलैँची बेचेका कारण अहिले चर्चा भएजस्तो आफूहरुले अलैँची व्यापारमा फाइदा नगरेको उहाँले बताउनुभयो ।

यसरी अलैँची व्यापारीले सोचेजस्ता फाइदा नभएको बताए पनि मूल्य वृद्धिको अधिकतम् फाइदा उनीहरुले नै लिएको किसान बताउँछन् । हालको मूल्य अझ वृद्धि भएर गए पनि अलैँची पहिले नै बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा व्यापारीलाई नै हुने किसानको भनाइ छ । यता अलैँचीको मूल्य वृद्धिको फाइदा झापा, विर्तामोडका व्यापारीलाई हुने स्थानीय व्यापारी बताउँछन् ।

स्थानीय व्यापारीकाअनुसार विर्तामोड हुँदै अन्तर्राष्ट्रिय बजारमा अलैँचीको कारोबार हुने हुँदा मूल्य वृद्धि भएमा त्यो फाइदा विर्तामोडका व्यापारीलाई हुने हो ।

ताप्लेजुङमा यसवर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चार हजार १६५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा अलैँच उत्पादन भएको हो ।

यसवर्षको अलैँची मूल्य भने विगत पाँच÷छ वर्षयताकै बढी हो । गत वर्षसम्म प्रतिमन ३० हजारदेखि ४५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको थियो । रासस

Share70Tweet44Send
Previous Post

नेपालले आज भारतमा बरोडासँग खेल्दै

Next Post

नेपालकाे लगातार दाेस्राे जित

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?
फिचर

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान
फिचर

रुपन्देही-३ का लागि रास्वपाले गर्‍यो उम्मेदवारको आवेदन आह्वान

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने
अन्तराष्ट्रिय

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण
फिचर

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा निरीक्षण

Next Post
नेपालले ६ विकेटले हरायो आयरल्यान्ड ‘ए’ लाई

नेपालकाे लगातार दाेस्राे जित

बुटवलमा अत्याधुनिक प्रविधि सहितको बहुतले पार्किङ भवन बन्दैे

बुटवलमा अत्याधुनिक प्रविधि सहितको बहुतले पार्किङ भवन बन्दैे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In