भारतको वापीमा जारी ‘एसएमएस फ्रेन्ड्शिप कप’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले गुजरातको एक घरेलु टोली बरोडालाई २७ रनले पराजित गरेको छ।
बरोडाले टस जितेर फील्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको बरोडाले पूरा २० ओभर खेल्दा १२९ रन बनायो।
यसअघि आइतवार नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो।



















