दक्षिण कोरियाली जासुसी संयन्त्रले पहिलोपटक किमले छोरीलाई उत्तराधिकारीका रुपमा तयार गरिरहेको सुचना ल्याएको हो । दक्षिण कोरियाली राष्ट्रिय जासुसी संयन्त्रको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘सार्वजनिक समारोहमा कान्छी छोरीलाई दिइने महत्व र उनलाई त्यहाँ गरिने सम्मानका साथै अन्य सार्वजनिक घटनाक्रममका वृहत विश्लेषणबाट किमको उत्तराधिकारी उनको कान्छी छोरी हुने निष्कर्षमा पुगिएको हो । यद्यपी हामी अन्य संभाव्यतामाथि पनि गहिरो विमर्श गरिरहेका छौँ । छोरीको स्वास्थ्यवस्था केलाईरहेका छौं ।’
दक्षिण कोरियाली मन्त्री किम योङ होले पनि यस्तै प्रक्षेपण गरेका थिए । ‘किम जोन उनले आफ्नी छोरीलाई दिएको महत्वले उनले छोरीलाई उत्तराधिकारी बनाउन चाहेको प्रस्ट हुन्छ,’ बीबीसीमा उल्लेख छ ।
घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ ।


















