• सम्पर्क
Thursday, September 3, 2026
Jeewanta News | News Portal
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
TRENDING
कञ्चन गाउँपालिका सूचना प्रबिधि अलैँचीको मूल्य वृद्धि एसएमएस फ्रेन्ड्शिप कप #अर्थ मन्त्रालय जेष्ठ नागरिक विकास परियोजना सार्वजनिक सुनुवाई कार्यक्रम
  • हाेम
  • समाचार
  • विजनेस
  • समाज
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुधुरपश्चिम
  • जीवनशैली
  • विचार
  • देश/प्रदेश
  • सूचना प्रबिधि
  • कला/मनोरन्जन
  • भर्खरै
    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक : ३ बिधेयक पास

    नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    सामाजिक सुरक्षा कोषले निर्देशक देखि कम्युटर अपरेटसम्म कर्मचारी माग्यो

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक समिति गठन

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    उजिर सिंह मा.वि काे ६१औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस-२०८१ सम्पन्न

    Trending Tags

    • सूचना प्रबिधि
    • आईसीसी टी-२०
    • सिद्धार्थ राजमार्ग
    • धरान स्थापना दिवस
    • लसुन
    • प्रदेशसभा
    • गुगल
    • स्मार्टफोन
No Result
View All Result
Jeewanta News | News Portal
No Result
View All Result

पृथ्वीनारायणकालीन इतिहास बोध

जीवन्त न्यूज by जीवन्त न्यूज
3 years ago
in विचार, हेडलाईन
0
पृथ्वीनारायणकालीन इतिहास बोध
176
SHARES
800
VIEWS
ShareShareShare

इतिहास बोधका लागि इतिहासप्रति सचेत हुनु आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् र भत्कन्छन् । दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको आवेगमय नजरिया र पक्षधरताले त्यस बखतको साँगापश्चिम र चन्द्रागिरि पूर्वको राजनीतिक भूगोलमा समेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।

के साँच्चै कम्युनिस्ट, जनजाति, उपेक्षित समुदायले पृथ्वीनारायणलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ अतिक्रमणकारी भन्नु ठिक छ ? समयसँगै इतिहासलाई कसरी बुझ्ने ? इतिहास अणु पनि हो, परमाणु हो । इतिहासबाट ऊर्जा लिन सकिन्छ भने इतिहासमै घृणाको औजार बनाउन पनि सकिन्छ । इतिहास बनिसकेको कुरा पक्षधरताका आधारमा सकारिन्छन् । इतिहासको व्यवस्थापन पक्षधरतामा हुने गर्छ । भोक्ताले स्वीकार वा अस्वीकार जे गरे पनि इतिहासलाई भने कुनै फरक पर्दैन । उसले यात्रा त तय गरिसकेको हुन्छ । उपहार दिएर वा घाउ पारेका प्रसङ्ग विम्ब, प्रतीक र पक्षधरता लेखन वा अनुभूतिमा भइरहन्छन् ।

इतिहासको विवेकपूर्ण वाचनका लागि तत्कालीन अवस्थाबारे आग्रहविहीन सोच चाहिन्छ । सभ्यता विकासमा द्वन्द्व भइरहन्छन् । जहिले पनि समाजमा तीन प्रवृत्ति रहिरहन्छ । यथास्थिति, अग्रगमन र पश्चगमन । ती प्रवृत्ति र प्रवृत्तिवाहकबिच द्वन्द्व भइरहन्छन् । नयाँ बन्न चाहे पनि मान्छे एकै पटक नयाँ बन्न सक्दैन । सोच फेर्नु भनेको फलामको चिउरा चपाउनु हो । सत्ता चिन्तन यथास्थिति चाहन्छ, समाज परिवर्तन चाहन्छ र केही शक्ति पश्चगमन । कुनै समयको प्रगतिशील पक्ष अर्को समयमा प्रतिव्रिmयावादी पनि देखिन सक्छ ।

परिवर्तन सहज हुँदैन । समाजले परिवर्तन पहिले सहजै स्विकार्दैनन्, पछि बिस्तारै स्वीकार्न विवश हुन्छन् र कालान्तरमा जीवन पद्धति बनेर इतिहासमा फेरिन्छ । को, कहाँ, कुन सोचमा उभिएको छ ? त्यसैले सबै निर्धारण गर्छ । कतिपय अवस्थामा समाजमा झडप पनि देखा पर्छन् । यथास्थिति वा पश्चगमन पक्षधरले भने नयाँ सोच राख्नु पर्छ भन्ने सोचसमेत सोच्न आतङ्कित हुन्छन् । समाजमा अण्डा नफुटाली अम्लेट खान चाहने वा रगत देख्न नचाहने तर सेकुवा खान चाहने तप्का हुन्छ ।

हिटलरी सेनाले सोभियत रुसको भित्री भाग लेनिनगार्डमा अपरेसन बारबरोसा बाह्रौँ शताब्दीका रोमन सम्राट् फ्रेडरिक बारबरोसाका नाममा चलायो । जर्मन सेनालाई परास्त गर्न सोभियत नेता जोसेफ स्टालिनले पनि रुसी राष्ट्रवाद जगाउन पिटर द ग्रेटको बखान गरे । जर्मनीले फाँसीवादी ‘गौरव’ अभियानमा एकीकरणका प्रणेता बिस्मार्कको याद गरायो । माओले “संसारको इतिहास त पढ तर चीनको इतिहास अझ गम्भीर भएर पढ” भने । राष्ट्रवादका लागि इतिहासका गौरवको आवश्यकता पर्छ । नेपाली कम्युनिस्ट पनि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायी भए, ऐतिहासिक चरणको विकासलाई द्वन्द्ववादी भएर अध्ययन गर्दै धारणा बनाए ।

पृथ्वीनारायणको कालखण्ड र तत्कालीन अवस्था

आजको चेतले तीन सय वर्षअघिको अवस्था अध्ययन गर्न सकिँदैन । वस्तु वा पात्रमा भएका गुण–दोषको मर्म द्वन्द्ववादी भएर मात्रै खुट्याउन सकिन्छ । बुझाइको घेरा सीमित नपारौँ । बाह्र सय घरधुरी रहेको गोर्खामा पृथ्वीनारायण बिस वर्षको उमेरमा राजा भए र त्रिपन्न वर्षको उमेरमा सन् १७७५ मा नुवाकोटमा बिते । तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत रहे । अमेरिका स्वतन्त्र नहुँदै (४ जुलाई १७७६), फ्रान्समा राज्य क्रान्ति (१७८९–९९) भएर आधुनिक युग आरम्भ नहुँदै पृथ्वीनारायण राजा भइसकेका थिए । कार्ल माक्र्स जन्मिँदा पृथ्वीनारायणको निधन भएकै त्रिचालीस वर्ष भइसकेको थियो ।

हाम्रो भूगोलमा बेलायती उपनिवेशवादी क्रुर दृष्टि परेको थियो भने बङ्गाल र बिहारका नबाब मिर कासिमको आक्रमणलाई परास्त गर्नु परेको थियो । त्यस बेलासम्म पुनर्जागरणकाल (युरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति गरेको अवधि चौधौँदेखि सत्रौँ शताब्दीसम्म) र प्रबोधनकाल (सत्रौँ–अठारौँ शताब्दीको युरोपेली बौद्धिक–दार्शनिक आन्दोलन) का झिल्काहरूसमेत यहाँसम्म आइपुगिसकेका थिएनन् । पुँजीवादको गन्ध पनि नआएको त्यो सामन्तवादी युग थियो ।

हेमिल्टनका अनुसार पृथ्वीनारायण अत्यन्त महत्वाकाङ्क्षी थिए; निर्णय क्षमता, साहस र निरन्तरको क्रियाशीलतामा असाधारण प्रतिभा थियो । उनको मृत्युको दुई दशकपछि मात्रै कर्णेल कर्क प्याट्रिक नेपाल आए । उपनिवेशवादी बेलायतलाई टक्कर दिने मात्रै होइन, पराजितै गर्ने र इसाई मिसिनरीलाई देशनिकाला गर्ने, तिब्बत व्यापारमा नाका सुविधा नदिनेलाई उनीहरू राम्रो मान्नै सक्दैनथे । इतिहासका कुशल व्यवस्थापकहरू हित अनुसारको विश्लेषण गर्छन् नै, पक्षधरता लिन्छन् नै, त्यसैले बीभत्स कथा रचे । जुनसुकै युद्ध यसै पनि आदर्श र सुन्दर नभएर त्यसमा शक्तिको दमन, हत्या, प्रतिशोध हुन्छ ।

युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध । पिछडिएको गोर्खासँग फौज र रणकौशल भए पनि विद्वत् समूह थिएन, पराजित र उपनिवेशवादीसँग इतिहास व्यवस्थापकहरू थिए । कालान्तरमा विकास भएको अभिजात वर्गले पृथ्वीनारायणको एकीकरणको महिमामण्डन गर्दा उनमा रहेको युद्ध उन्माद र ज्यादती भने छिपाउन चाह्यो । पृथ्वीनारायणकै कुरा गर्दा इतिहासमा मान्छेको भूमिका र कामको चर्चा गरिनु पर्छ । इतिहासको सम्बन्ध मान्छेसँगै, अतीतसँगै भएकाले घटना, पात्र र प्रवृत्तिबारे विवाद उठ्नु स्वाभाविकै हो । विगतबारे धारणा र व्याख्यामा एकमत नहुन सक्छ । चेतनशील मान्छेको अतीत वर्तमानको ज्ञानको स्रोत हो । मान्छेका काममा उसका मनोवृत्ति, विचार, रुचि, स्वार्थ, वर्गचेतना जोडिएका हुन्छन् । त्यसैले हिजोलाई नियाल्दा विवाद पैदा भएर मान्छे त्यसैको सिकार बन्न पनि सक्छ ।

इतिहासको द्वन्द्ववादी अध्ययन

विज्ञानका अन्य शाखा झैँ इतिहासका पनि आफ्नै गति, लय, अनुशासन, सामाजिक सङ्केत र सन्देश हुन्छन् । पक्कै हो, इतिहासका भाष्य र तर्कमा वर्चस्वशाली तप्काकै रजाइँ हुनाले भुइँमान्छेको प्रतिरोधी आन्दोलन र इतिहास निर्माणमा रहेको उनीहरूको भूमिका प्रायः उल्लेख गरिँदैन । भारतका प्रसिद्ध इतिहासकार डा. लालबहादुर बर्मा भन्छन्, “इतिहास मानव जातिको विकासको कथा मात्रै होइन, प्रमाण पनि हो । मानव समाज बुझ्ने मात्रै होइन, त्यसलाई फेर्ने अनिवार्य उपकरणसमेत भएकाले सभ्यता प्रगति यात्राको नायक-खलनायकबेगरको तथ्य र मिथकमिश्रितसानदार महाकाव्य पनि हो ।”

माक्र्सले प्रकृतिको द्वन्द्वात्मकता देखि द्वन्द्वात्मक भौतिकवादसम्म पुग्दै इतिहासमा लागु गरेर ऐतिहासिक भौतिकवादसम्मको व्याख्या गरे; इतिहास गतिमान छ भनी अथ्र्याए । सामाजिक परिवर्तनका नियमहरूका आधार उत्पादनका साधन र सम्बन्धमा परिवर्तन सिद्ध गरे । इतिहासको क्रमभङ्गतामा वर्गसङ्घर्ष निर्णायक र अनिवार्य माध्यम रहेको बताए । उनले भविष्यवाणी गरे– सामन्तवादलाई पराजित गरी पुँजीवाद विकसित भएर ध्वंस हुन्छ । इतिहास प्रयोगशाला हो; जसमा मानवकृतिको लेखाजोखा सुरक्षित भएर त्यसै आधारमा सामाजिक परिवर्तनको वस्तुगत नियम सम्झिन सकिन्छ । अतीतलाई बुझ्न, वर्तमानलाई चिन्न र भविष्यप्रति धारणा बनाउन सकिन्छ । समाजका सन्दर्भमा इतिहासको भूमिका मान्छेको स्मृति जस्तै हो । डा. बर्मा भन्छन्, “स्मृति विगतको सम्झना हो । जब कुनै मान्छेले वैज्ञानिक अध्ययनमार्फत स्मृतिको संयोजन गर्दै लिपिबद्ध गरेर पुनर्संरचना गर्छ, तब इतिहास जन्मन्छ । इतिहासको लेखन पनि आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवन र परिवेशमा विश्वास र अभ्यास भएको मान्छेले नै गर्छ ।” फ्रान्सिसी विचारक रेमो आरोंका शब्दमा “मान्छे एकैसाथ इतिहासको कर्ता र पात्र दुइटै बनिरहेको हुन्छ ।” पृथ्वीनारायण पनि त्यस्तै थिए जस्ता इतिहासका हरेक पात्र हुन्छन् ।

जतिसुकै निष्पक्ष रहेको दाबी गरे पनि इतिहासकारहरू अतीतको यथार्थ चित्रण गर्न सक्दैनन् । पूर्वाग्रहबाट मुक्ति पाउन नसके पनि वर्तमानको उपयोगी बन्ने तिनको हैसियत भने हुन्छ । इतिहासलाई समग्र विज्ञान नबनाए त्यसको महìव रहँदैन । परिस्थिति कुनै नायकको नियन्त्रणमा हुँदैन । फेरि पनि भन्नै पर्छ, “समाज विकास क्रममा कुनै बेला प्रगतिशील देखिएको सामाजिक वा राजनीतिक शक्ति पनि परिस्थति फेरिएसँगै प्रतिगामी बन्न सक्छ । इतिहास बोधले नै समय र समाजलाई चिनेर युगलाई हस्तक्षेप गर्न सक्छ ।”

कम्युनिस्टको वर्गचेतमा दुस्मन वा मित्र मात्रै हुने गर्छन् तर समाजमा सेतो र कालो मात्रै होइन, अन्य रङ पनि हुन्छन् । इतिहास र मिथक फरक हुन् । इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबिच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायणको मूल्याङ्कन गर्न चुके । बुर्जुवाहरूले कम्युनिस्टबाट धेरै कुरा सिकेर लागु पनि गरे तर अफिसियल कम्युनिस्टहरू न द्वन्द्ववादी बने न त भौतिकवादी । इतिहासको अध्ययनमा द्वन्द्ववादी नभएपछि शक्ति सन्तुलन, समाज विकास, देशको संवेदनशीलता, सामन्तवादी समयका प्रतिनिधि पात्रको चरित्र खुट्याउनमा चुके भन्दा हुने नै भयो ।

देश, राष्ट्र र राज्यका चरित्र र अवस्थाको बुझाइमा कमजोर हुँदा उनीहरूले भौगोलिक एकीकरण गरेर उपनिवेशवाद परास्त गर्ने पृथ्वीनारायणलाई राष्ट्रवादी देख्न सकेनन् । टुक्रा सामन्ती व्यवस्थाका महासामन्त पृथ्वीनारायणको शासनकाल अभिजात र वर्चस्वशालीको शासन पद्धति पक्कै थियो तर त्यस बेला उनको अभियान नभएको भए आजको नेपालको अवस्था के हुन्थ्यो ? भुरेटाकुरे राजाहरू बेलायती उपनिवेशसामु टिक्न सक्थे ? देशको भूगोलको एकीकरण गरे पनि उनले देशको नामकरण ‘गोर्खा’ बनाउन सक्ने आधार थियो तर ‘नेपाल’ बनाएर जनताको मनोविज्ञान जिते ।

पात्र, घटना, परिवेशलाई द्वन्द्ववादी भएर अध्ययन गरे मात्रै सबल र दुर्बल पक्ष देख्न सकिन्छ । इतिहासलाई ऊर्जा बनाएर मात्र जडताबाट उम्कन सकिन्छ । भूगोल केन्द्रीकरण र आधुनिक नेपाल बनाउन पृथ्वीनारायणको भूमिका प्रगतिशील सामन्तवादीको थियो, जसले सार्वभौम भौगोलिक एकाइ निर्माण गर्यो तर असल हिन्दुस्थान र चार वर्ण छत्तीस जातको मनुवादी अभ्यासले भने राष्ट्र र राज्यको मर्म ओगट्न सकेन । समाज विकासको हरेक चरणका सीमा भए झैँ सामन्तवादका पनि हुन्छन् । उनमा पनि थियो नै ।

इतिहासबारे धारणा बनाउनुअघि तत्कालीन समाज, चेतना र सांस्कृतिक अवस्था, उत्पादनका साधनस्रोत र स्वामित्व, आन्तरिक र बाह्य शक्ति सन्तुलन बुझ्नु पर्छ । आजका सन्दर्भमा पृथ्वीनारायणको सामन्ती चिन्तन र मनुवादी अभ्यासलाई निरन्तरता दिनु जति अभिजात वर्गको इतिहासको सन्देश नबुझ्नु हो, त्यति नै भौगोलिक एकीकरणमा उनको देन बुझ्न नसक्नु कम्युनिस्ट र अन्यको पनि कमजोरी हो ।

Share70Tweet44Send
Previous Post

रुसी सेनामा भर्ती भएका नेपाली युवकको मृत्यु

Next Post

पृथ्वीनारायण शाहको शालिक बुटवलमा अनावरण

जीवन्त न्यूज

जीवन्त न्यूज

Related Posts

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका
लुम्बिनी

रूपन्देहीकाे पहिलाे स्थानीय तह सैनामैना नगरपालिका

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
समाचार

एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा
लुम्बिनी

रुपन्देहीको कञ्चनमा भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग
लुम्बिनी

प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाद्धारा प्रहरीलाई सहयोग

कञ्चन गाउँपालिकाको बजेट सार्वजनिक, ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया
प्रदेश समाचार

कञ्चन गाउँपालिकाको बजेट सार्वजनिक, ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया

क्रिकेटर आरिफ र आशिफ विवाह
अन्तराष्ट्रिय

क्रिकेटर आरिफ र आशिफ विवाह

Next Post
पृथ्वीनारायण शाहको शालिक बुटवलमा अनावरण

पृथ्वीनारायण शाहको शालिक बुटवलमा अनावरण

अध्यक्षमा रेशम चौधरी

अध्यक्षमा रेशम चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

    जीवन्त मेडिया प्रा.ली. द्वारा सञ्चालित

    दर्ता नं : २४७४७- २०७७/०७८
    ठेगाना : का.मा.न.प. वडा नं. ३२, नेपाल

    समाचारका लागि सम्पर्क :

    फोन:- ९८४७२६३२९५
    Email: jeewantanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :

    फोन:- ९८१५४१३८४२

    सम्पादक:  गंगा अर्याल

    सामाजिक सञ्जाल: 

    © 2024 JeewantaNews.com – सर्वाधिकार सुरक्षित

    No Result
    View All Result
    • हाेम
    • समाचार
    • विजनेस
    • समाज
    • प्रदेश समाचार
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुधुरपश्चिम
    • जीवनशैली
    • विचार
    • देश/प्रदेश
    • सूचना प्रबिधि
    • कला/मनोरन्जन
    • भर्खरै

    © 2024 JeewantaNews.com - सर्वाधिकार सुरक्षित

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In